सानीमा लाईफ इन्स्योरेन्सको सुविधा एनआईसी एशिया बैंक NIC Asia Bank Limited बाट प्राप्त हुने भएको छ । बैंक र इन्स्योरेन्स कम्पनीबीच सम्झौता भएपछि मुलुकभर फैलिएका एनआईसीका २७० वटै शाखाबाट सानिमा लाइफका जीवन बीमा पोलिसीहरु खरिद गर्न सकिने बैंकका नायब प्रमुख सुचना अधिकारी अर्जुन राजखनियाले जानकारी दिए ।
सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सिनाले हस्ताक्षर गरे ।
एनआईसीले हाल २७० शाखा, २८८ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत सेवा प्रदान गर्दै आएको छ ।