प्राइम कमर्शियल बैंकले सिन्धुलीको फिक्कल गाँउपालिकामा शाखा संचालनमा ल्याएको छ। फिक्कल गाँउपालिका अध्यक्ष धन बहादुर कार्कीले शाखा कार्यालय फिक्कलको उद्घाटन गरे।
यससंगै बैंकको शाखा संख्या ७२ पुगेको छ। शाखा उद्घाटन अवसरमा स्थानीय उद्योगी, व्यवशायी, शिक्षक, समाजसेवी तथा विभिन्न पेशाकर्मीहरुको उपस्थिति थियो।