मुक्तिनाथ विकास बैंक Muktinath Bikas Bank Limited ले ललितपुरको, कुपण्डोलमा शाखा सञ्चालनमा ल्याएको छ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले उक्त शाखाको उद्घाटन गरे ।
बैंकले उपत्यकाभित्र महाराजगंज, कमलादी, सीतापाईला, कुलेश्वर, लगनखेल, न्यूरोड, नयाँबानेश्वर, चावहील, माछापोखरी, कोटेश्वर, जोरपाटी, ठमेल र भक्तपुरको कमलविनायकमा शाखा सञ्चालनमा ल्याईसकेको छ । इमाडोल, भैसेपाटी, ठिमी, बनेपा, ढुङ्गेअड्डा र बत्तीसपुतलीबाट पनि सेवा सञ्चालनमा ल्याउने बैंकले जनाएको छ ।