सांग्रिला डेभलपमेन्ट बैंक Shangrila Development Bank Limited र ग्राण्डी इन्टरनेशनल हस्पिटलबीच बैंकका कर्मचारी तथा ग्राकहहरुलाई उपचार शुल्कमा सहुलियत प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौतामा बैंकको तर्फबाट कर्जा तथा मार्केटिङ्ग विभाग प्रमुख निर्मल कुमार श्रेष्ठ र हस्पिटलको तर्फबाट मार्केटिङ्ग तथा व्यापार विकास विभागका उज्वल रेग्मीले हस्ताक्षर गरे ।
सम्झौता अनुसार अब सांग्रिलाका कर्मचारी तथा बैंकका ८० वटै शाखाका भिसा डेविट कार्ड प्रयोगकर्ता ग्राहकहरुले ग्राण्डी हस्पिटलमा उपचार गराउँदा विशेष छुट पाउने छन ।