आइएमई लाइफ इन्स्योरेन्सले दाङ्गको घोराहीमा शाखा सञ्चालनमा ल्याएको छ । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले उक्त शाखाको उद्घाटन गरे । सल्यानको शारदा नगरपालिका १, श्रीनगरमा रहेको शाखाकोसल्यान जिल्ला समन्वय समितिका अध्यक्ष केश बहादुर विष्ट र आइएमई ग्रुपका अध्यक्ष ढकालले संयूक्त रुपमा उद्घाटन गरे ।
बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको आइएमई लाइफ इन्स्योरेन्सले हाल ६७ शाखा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।