कामना सेवा विकास बैंक Kamana Sewa Bikas Bank Limited ले प्रदेश नम्बर १ को उदयपुरस्थित गाइघाट र प्रदेश नम्बर २ को सप्तरीस्थित राजविराजनमा शाखा सञ्चालनमा ल्याएको छ । बैंकका संचालक चतुराखर अधिकारी तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यी शाखाको उद्घाटन गरे ।
यीसँगै प्रदेश नम्बर १ मा बैंकको शाखा संख्या १० र प्रदेश नम्बर १ मा चार पुगेको छ । बैंकले हाल ७७ वटा शाखा तथा ३२ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ ।