हिमालयन बैंकको साधारण सभा सम्पन्न, चुक्ता पूँजी १० अर्ब ६८ करोड पुग्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 11, 2021 | 03:06:25 PM मा प्रकाशित

laxmi  sunrise bank

हिमालयन बैंक Himalayan Bank Limited  को २८ औ वार्षिक साधारण सभा  सम्पन्न भएको छ । बैंकले आज सोमबार भर्चुअल माध्यमबाट सभा आह्वान गरेको हो । 

साधारण सभाले शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यो बोनस शेयरको वितरण पश्चात बैंकको चुक्ता पूँजी  १० अर्ब ६८ करोड ४४ लाख ८ सय २८ पुग्ने छ। सभाले संचालक समितिको तर्फबाट पेश भएको आर्थिक वर्ष २०७६÷७७ को प्रतिवेदन पारित गरेको छ ।    

समीक्षा अवधिमा बैंकको निक्षेप अघिल्लो वर्षको तुलनामा १६.६० प्रतिशतले वृद्धि भई रु. १ खर्ब ३१ अर्ब ८६ करोड ३ लाख पुगेको छ । कर्जा सापट ९.२५ प्रतिशतले बढ्न गई रु. १ खर्ब ७ अर्ब २९ करोड ४८ लाख पुगेको छ । यस अबधिमा बैंकको निष्कृय कर्जा १.०१ प्रतिशत रहेको छ।

बैंकले देशभर ७० शाखा, ४ विस्तारित काउन्टर, १४६ एटिएम र ४२०० भन्दा बढी पीओएस टर्मिनलबाट सेवा प्रदान गर्दै आएकोे छ । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved