सिद्धार्थ बैंक Siddhartha Bank Limited को कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा सुन्दर प्रसाद कँडेल नियुक्त भएका छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत शम्भु नाथ गौतमको कार्यकाल सकिएपछि हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।
गौतमको कार्यकाल साउन २५ गतेदेखि सकिंदै छ। साउन १५ गते बसेको बैंकको संचालक समितिको बैठकले साउन २६ गतेदेखि लागु हुने गरि हाल बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका कँडेललाई बैंकले कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिएको हो ।