बर्दियाको जोगीगाउँ बजारमा सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 02, 2021 | 06:45:42 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंक Citizens Bank International Limited ले बर्दियाको बारबर्दिया नगरपालिका जोगीगाउँ बजारमा शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ । उक्त शाखारहित बैंकिङ सेवाको व्यवसायिक प्रतिनिधिमा स्थानीय व्यवसायी चित्र बहादुर थारु नियुक्त भएका छन् ।

यस शाखारहित बैंकिङबाट निक्षेप संकलन, रकम भुक्तानी, कोष स्थानान्तरण, मोबाइल फोनको बिल भुक्तानीलगायत सेवाहरु उपलब्ध हुने बैंकले जनाएको छ ।

सिटिजन्स बैंकले हाल १८९ शाखा, ११७ वटा ए.टि.एम. र १११  शाखारहित बैंकिङ ईकाईमार्फत सेवा दिँदै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved