एनएमबिले रच्यो इतिहास, ४८ देशका बैंकलाई पछि पार्दै जित्यो एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 01, 2021 | 04:55:11 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंक इतिहास रच्दै एसियाकै सर्वोत्कृष्ट बैंक बन्न सफल भएको छ।  एनएमबी बैंक लिमिटेड सन् २०२१ का लागि एसियाकै सर्वोत्कृष्ट बैक बन्न सफल भएको हो।

एसियामा रहेका ४८ देशका बैंकहरुलाई पछाडी पार्दै एनएमबिले नेपालमै पहिलो पटक 'बैंक अफ दि एयर २०२१ एसिया' को अवार्ड जितेको हो। यसअगाडी न्युजिल्याण्ड, चाइना, सिंगापुर, र कोरियाका बैंकले यो अवार्ड जितेका थिए। 

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड बैंकका अध्यक्ष पवन गोल्यान र प्रमुख कार्यकारी अधिकृत सुनिल केसीलाई हस्तान्तरण गरेका छन्।  

बेलायतको राजधानी लण्डनबाट प्रकाशित हुने लोकप्रिय पत्रिका 'दि बैंकर' ले बैंकलाई उक्त उपाधि दिएको हो। दि बैंकर को निर्णायक मण्डलले “दि बैंक अफ दि इयर एसिया २०२१” अवार्डको लागि एनएमबि बैँकलाई छनोट गरेको हो । ।

त्यस्तै एनएमबि बैंकले  'बैंक अफ दि एयर २०२१ नेपाल' को अवार्ड पनि जितेको छ। पछिल्लो ५ बर्षमा एनएमबि बैंकले  'बैंक अफ दि एयर नेपाल' को अवार्ड चौथो पटक जितेको हो । 

'बैंक अफ द इयर २०२१ एसिया'  उपाधिले विश्वव्यापीरुपमा बैंकिङ क्षेत्रमा उसले देखाएको उत्कृष्टताको पनि पुनः परिभाषित गरेको छ । उक्त उपाधि दिँदा निश्चित केही मापदण्डलाई आधार बनाइन्छ । त्यसमा सम्पूर्ण सेयरधनी, बैंकको वित्तीय प्रदर्शन, शेयरधारकको मूल्य, ग्राहकका सन्तुष्टि जस्ता प्यारामिटरलाई हेरिन्छ ।

५ वर्षको बीचमा चार  पटक बैंक अफ दि इयर नेपाल र नेपालको बैंकहरुमै पहिलो पटक 'बैंक अफ दि इयर २०२१ एसिया' उपाधि पाउँदा आफुहरु असाध्यै खुसी भएको बैंकका अध्यक्ष पावल गोल्यानले जनाएका छन्। 

एनएमबिले आफैंलाई बैंकको रूपमा जुन काम भिन्न तरिकाले गर्दै आएको छ, त्यसले उसलाई संस्थागत विकास मात्रै नगरी सफल बैंकको रुपमा समेत अनुवाद गरेको छ । एनएमबिले नवीकरणीय उर्जा, कृषि, साना तथा मझौला कर्जा विस्तार तथा डिजिटलाइजेशनलाई समेत केन्द्रबिन्दुमा राखेको छ ।

निष्ठामा आधारित दिगो मूल्य एवम् दीर्घकालीन सोचका साथ आफना कामलाई बढावा दिने बैंकको अभियानले अन्तर्राष्ट्रियरुपमा समेत आफूलाई सशक्त रुपमा उभ्याएको छ ।

एनएमबि आज सबैभन्दा मनपर्दो नेपाली बैंकका रुपमा स्थापित भएको तथ्य अन्तर्राष्ट्रिय रुपमा नै स्थापित छ । विषम अवस्थामा समेत वैदेशिक लगानी ल्याएर आफूलाई सबल संस्थाको रुपमा स्थापित गरेको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved