कहिलेसम्म टुंगो लाग्छ हिमालयन र सिभिल बैंकबीचको मर्जरको विषय ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jun 28, 2022 | 09:52:09 AM मा प्रकाशित

laxmi  sunrise bank

'नन डिस्क्लोजर एग्रिमेन्ट' गरेर मर्जर प्रकृया अगाडी बढाएका हिमालयन र सिभिल बैंकबीच मर्जर हुने नहुने अझौँ टुंगो लागेको छैन। मर्जर हुने नहुनेबारे यहि साता टुंगो लाग्ने स्रोतले जनाएको छ। 

संचालक समिति, उच्च व्यवस्थापन, कर्मचारी समायोजन जस्ता बिषय भन्दा पनि स्वाप अनुपात नै महत्त्वपूर्ण भएकाले त्यसको टुंगो नलागेसम्म प्रकृया अगाडी बढ्न नसक्ने स्रोतले जनाएको छ। 

"स्वाप कति हुने भन्नेबारे टुंगो लाग्यो भने यहि साता मर्जरको टुंगो लाग्छ" स्रोत भन्छ, "अहिलेसम्म पनि स्वाप कति हुनेबारे टुंगो लागेको छैन,  स्वाप टुंगो लाग्ने बित्तिकै असार मसान्तभित्र नै मर्जर तथा प्राप्ति सम्झौता हुन सक्छ।"   

सिभिल बैंकका अध्यक्ष प्रतापजंग पाण्डे र हिमालयन बैंकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठले पनि मर्जरको सम्झौताबारे अहिले नै कुनै मिति तय भईनसकेको बताउछन। स्वाप लगायतका बिषयमा कुरा मिल्यो भने असार मसान्तभित्र मर्जर हुने दुवै बैंकका अध्यक्षको भनाई छ। 

प्राप्त जानकारीअनुसार वित्तीय तथा अन्य सूचकहरुमा मजबुत हुँदै गएको सिभिल बैंकले ८०-८५ को 'रेन्ज' मा स्वाप अनुपात चाहेको छ। यहि 'रेन्ज' आसपासमा रहेर हिमालयन बैंकबाट प्रस्ताव आयो भने मात्र दुवै बैंकबीच मर्जर तथा प्राप्तिको लागि सहमति जुट्नेछ। 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर सम्झौता तोडीएपछि हिमालयन बैंक अर्को कुनै बैंकलाई प्राप्ति तथा मर्जर गर्नुपर्ने दबाबमा रहेको छ।  भने यता सबै सूचकमा राम्रो बन्दै गएको सिभिल बैंकलाई राम्रो स्वाप नपाउँदासम्म मर्जर तथा प्राप्तिमा नजाने 'एड्भान्टेज' छ। इन्भेष्टमेन्टले भने मेगा बैंकसँग मर्जरको लागि सम्झौता गरिसकेको छ ।  

हिमालयन र इन्भेष्टमेन्टको मर्जर प्रक्रिया टुटेपछि सिभिललाई हिमालयनको सम्भावित पार्टनरको रुपमा हेरिएको हो। हिमालयन बैंकमा हबिब बैंकपछिको दोस्रो ठुलो सेयरधनी रहेको कर्मचारी संचय कोषको लगानी सिभिल बैंकमा पनि भएको र सिभिल बैंकमा धेरै सेयर हिस्सा ओगटेको अर्को कुनै पार्टी नभएकाले पनि हिमालयनले सिभिल बैंकलाई प्राप्ति गर्ने धेरैको अनुमान छ। 

इन्भेष्टमेन्टसँगको मर्जर सम्झौता अगाडी पनि पनि हिमालयन र सिभिल बीच मर्जर प्रकृया धेरै अगाडी बढेको थियो। पछिल्लो समय नेपाल राष्ट्र बैंकले पनि मर्जरको लागि दिइएको छुट सुविधाहरु यहि असारसम्म मात्र प्राप्त हुने भन्दै बैंकहरुलाई मर्जरको लागि दबाब दिईरहेको छ । 

यस अघि:

- हिमालयन र सिभिल बैंकबीच मर्जरको लागि 'नन डिस्क्लोजर एग्रिमेन्ट' 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved