भदौ महिनाको लागि पनि ब्याजदर नबढाउने बैंकर्स संघको निर्णय

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 15, 2022 | 12:01:28 PM मा प्रकाशित

laxmi  sunrise bank

वाणिज्य बैंकहरुका सीइओहरुको संगठन नेपाल बैंकर्स संघले भदौको लागि ब्याजको दर नबढाउने निर्णय गरेको छ । संघले  व्यक्तिगत मुद्दतीमा हाल कै ब्याजलाई निरन्तरता दिने र संस्थागत मुद्दती निक्षेपको ब्याज घटाउने निर्णय गरेको हो ।

यससंगै भदौ महिनाको लागि मुद्दती निक्षेपको ब्याजदर व्यक्तिगत तर्फ ११.०३ तथा संस्थागत तर्फ ९.०३ प्रतिशत हुने छ । 

राष्ट्र बैंकले  संस्थागत मुद्दती निक्षेप (बोलकबोलसमेत) मा प्रदान गरिने अधिकतम ब्याजदर सर्वसाधारणलाई मुद्दती निक्षेपमा प्रदान गरिने अधिकतम ब्याजदरभन्दा कम्तीमा दुई प्रतिशत बिन्दुले कम हुनुपर्ने ब्यबस्था गरेको थियो। यस अघिसम्म यो अन्तर १ प्रतिशत बिन्दुले कम हुनु पर्ने ब्यबस्था थियो । राष्ट्र बैंकको निर्देशनसंगै बैंकहरुसंग साधारण निक्षेपको ब्याज बढाउने वा संस्थागत निक्षेपको ब्याज घटाउने विकल्प थियो । संघले संंस्थागत निक्षेपको ब्याजदर घटाउने भएको हो । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved