एनआईसी एशियाद्वारा ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ नामक सन्देशमुलक भिडियो सार्वजनिक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 03:34:54 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकले ‘अठोटको अगाडि हर लक्ष्य सम्भव छ’ भन्ने सन्देश सहितको भिडियो सार्वजनिक गरेको छ । भिडियोले दृढ अठोटका साथ हरहमेसा अनवरत रुपमा अघि वढ्दै जाँदा कुनै पनि किसिमको लक्ष्य प्राप्ति गर्न सकिने विषयलाई जोड दिएको बैंकले जनाएको छ ।

साथै, अधिकतम् बल, बुद्धि र विवेक सहितको अठोटले कठिन उचाइहरु समेत सहजै चुम्न सकिने सन्देश समेत रहेको बैंकले उल्लेख गरेको छ । बैंकका अनुसार बैंक स्थापनाको २५ वर्षमा प्रवेश गरेसँगै हासिल गरेका सर्वश्रेष्ठ उपलब्धीहरुलाई मनन् गर्दै हाल पाँच वर्षे ‘अठोट २२–२७’ रणनीति तय गरिएको छ । जसमा बैंकले आफुलाई सम्पूर्ण सरोकारवालाहरुको पहिलो रोजाइको बैंक बन्ने दृढ अठोटका साथ अगाडि बढिरहेको जनाएको छ ।

हेर्नुस् भिडियो : 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved