बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई मेरो स्टोरमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 07:54:01 PM मा प्रकाशित

laxmi  sunrise bank

बैंक अफ काठमाण्डूका ग्राहकहरुले मेरो स्टोरमा छुट पाउने भएका छन् । बैंक अफ काठमाण्डू र मेरो स्टोर बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकहरुलाई १०% छुट उपलब्ध गराउने सम्झौता भएको हो  ।

सम्झौता पश्चात् ग्राहकहरुले मेरो स्टोर, बुटवल, रुपन्देहीमा उपलब्ध हुने सेवाहरुमा एकमुष्ठ १०% छुट पाउने बैंकले जनाएको छ । बैंकका अनुसार उक्त छुटको उपयोग गर्नको लागि ग्राहकहरुले बैंकको कार्ड तथा मोबाइल बैंकिङ्गको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । मेरो स्टोर, बुटवल, रुपन्देहीबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।  

 बैंक अफ काठमाण्डूले १०३ शाखा कार्यालयहरु, ९८ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved