सिटिजन्स बैंकका ग्राहकहरुलाई होटल जंगल क्राउनमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Aug 31, 2022 | 08:07:54 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका ग्राहकहरुले होटल जंगल क्राउनको सेवाहरुमा छुट पाउने भएका छन् । सिटिजन्स बैंक  र चितवनस्थित होटल जंगल क्राउन प्रा.लि. बीच सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको हो ।

बैंकका अनुसार समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल जंगल क्राउनले प्रदान गर्ने सेवाहरुमा १०% सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको जनाएको छ । 

बैंकले १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved