प्रतिबन्ध लगाईएका सामाग्री आयात नगर्न राष्ट्र बैंकको निर्देशन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 01:31:26 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकले प्रतिबन्धित वस्तुहरुको एलसी नखोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकले राष्ट्र बैंकको बैंकिङ्ग विभागलगायत सम्पूर्ण प्रदेशस्थित कार्यालयहरु, विदेशी विनिमय कारोबार गर्न इजाजतपत्रप्राप्त “क” वर्गका वाणिज्य बैंकहरु, राष्ट्रियस्तरका “ख” वर्गका विकास बैंकहरु र अन्य निकायहरुलाई परिपत्र गर्दै यस्तो निर्देशन दिएको हो।

नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गर्दै केहि वस्तुको आयातमा प्रतिबन्ध लगाएको र केहिमा शर्त सहित खुला गरेकोले राष्ट्र बैंकले सोहि अनुसार गर्न गराउन निर्देशन दिएको हो ।

सरकारले १५० सीसी क्षमतादेखि २५० सीसी क्षमता भएका मोटरसाइकल र महँगा मोबाइल फोनको आयात खुलाएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले साउन १ गतेभन्दा अगाडी नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भईसकेका १५० सीसी क्षमतादेखि २५० सीसी क्षमता सम्मका मोटरसाइकलको आयात खुलाएको हो । 

त्यस्तै, साउन १ गतेभन्दा अगाडी नै बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भईसकेका ३ सय अमेरिकी डलरदेखि ६ सय अमेरिकी डलरसम्म मूल्य पर्ने मोबाइल आयात गर्न दिईने वाणिज्य मन्त्रालयले राजपत्रमा निकालेको सूचनामा जनाईएको छ । 

सँगै, बैशाख १३ गतेभन्दा अगाडी बैंकिङ माध्यमबाट पैठारीको प्रक्रिया सम्पन्न भईसकेका जीप, कार र भ्यानहरु, मोटरसाइकल, सबै प्रकारका तयारी मदिरा (कच्चा पदार्थ बाहेक) र स्मार्ट फोनको पनि आयात खुलेको छ । तर, साउन पछि आयातको प्रक्रिया सुरु गरेका १५० सीसी क्षमता माथिका मोटरसाइकल र ३ सय अमेरिकी डलर माथिका स्मार्ट फोनको आयात प्रतिबन्ध भने कायमै छ ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved