माछापुच्छ्रे बैंकले ल्यायो एम स्मार्ट बचत खाता, घर मै बसेर सबै काम

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 01, 2022 | 06:04:50 PM मा प्रकाशित

laxmi  sunrise bank

माछापुच्छ्रे बैंकले अत्याधुनिक प्रविधिमा आधारित एम स्मार्ट बचत खाता संचालनमा ल्याएको छ । उक्त सुविधा अन्तर्गत  ग्राहकले घरमै बसेर बैंकको मोबाईल बैंकिंग एप एम स्मार्टबाट माछापुच्छे बैंकमा खाता खोल्न सक्ने बैंकले जनाएको छ।

विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा खाता खोल्नका लागि बैंकसम्म पुग्नुपर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा संचालनमा ल्याएको बैंकले उल्लेख गरेको छ । बैंकले ग्राहकलाई बैंकसम्म आउनु नै नपर्ने गरि मोवाइल बैंकिङ्ग एप मार्फत खाता खोल्ने, आफ्नो बचत खातामा रहेको रकमलाई मुद्दती खातामा रुपान्तरण गर्ने र सोही मुद्दती खातामा प्राप्त गर्ने सुविधा LOANAGAINST FD सहज र सरल तरिकाबाट आफुले चाहेको समयमा लिन सक्ने गरि आफ्ना सेवा सुविधाहरुलाई डिजिटल माध्यममा रुपान्तरण गरिसकेको जनाएको छ।

बैंकका अनुसार मोवाईल बैंकिङ्ग एप MBLM-Smart app मा आफैले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले SelfRegistration गर्न सकिने, मोवाईलफोनबाटै खाता खोल्न सकिने, मोवाईल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो केडिट कार्डको स्टेटमेन्ट मोवाईलमा नै हेर्न सकिने, नेपाल क्युआर scan गरी QR भुक्तानी गर्न मिल्ने , विभिन्न मोवाईल वालेटहरुमा खाता लिंक गर्न सकिने, बत्ति पानीको बिल, रकम ट्रान्सफर, सरकारी कारोबारको भुक्तानी लगायतका सुविधाहरु रहेको छन् । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved