सनराइज बैंकले पायो एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन अवार्ड

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 09:21:06 AM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंक एक्सिलेन्स् इन प्रडक्ट इनोभेसन २०२२ (Excellence in Product Innovation 2022) अवार्डबाट सम्मानित भएको छ । भिसा इन्टरनेशनलले बैंकलाई उक्त अवार्ड प्रदान गरेको हो । 

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर डा. निलम डुंगानाको उपस्थितिमा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाललाई सो अवार्ड हस्तान्तरण गरिएको बैंकले जनाएको छ। बैंकले सहकारी सदस्यहरुलाई भिसा नेटवर्क भित्र समावेश गरी डिजिटल भुक्तानी प्रणालीमा आबद्ध गरी नविनतम सेवा सुविधा प्रदान गरेकाले उक्त अवार्ड पाएको उल्लेख गरेको छ ।

नेपालमै पहिलो पटक मिस्डकल गरेर बत्तिको पैसा तिर्ने सुविधा समेत बैंकले दिदै आएको छ । बैंकले १३९ वटा शाखा.९५ वटा शाखारहित बैंकिङ्ग सेवा, १३ वटा एक्सटेन्सन काउण्टर र १५९ वटा ए.टि.एम मार्फत  सेवा प्रदान गर्दै आइरहेको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved