प्रभु बैंक ग्राहकहरुलाई सिटी जिममा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 02, 2022 | 06:09:35 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक ग्राहकहरुले  सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर प्रा. लिमा छुट पाउने भएका छन् ।  प्रभु बैंक र पोखरा स्थित सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टर बिच विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट पोखरा शाखा कार्यालय प्रमुख पुष्कर शेरचन र सिटी जिम हेल्थ एण्ड फिटनेस सेन्टरका तर्फबाट अध्यक्ष गोकर्ण कार्कीले हस्ताक्षर गरेका छन्  । सम्झौता अनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ्ग कारोबार गरिरहेका ग्राहकहरुले सिटी जिम हेल्थद्धारा सञ्चालित सेवाहरुमा छुट प्राप्त गर्ने छन् ।  

यो सुविधा लिन चाहने बैंकका ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग च्यानलहरु प्रयोग गरी भुक्तानी गर्नु पर्ने छ। बैंकले ५ देखि १० प्रतिशतसम्म  छुट दिने जनाएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved