एनआईसी एशियाका ग्राहकलाई दराजमा किनमेल गर्दा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 13, 2022 | 06:57:22 PM मा प्रकाशित

laxmi  sunrise bank

एनआईसी एशिया बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने भएका छन् । दशैंको उपलक्षमा दराज ई–कमर्शबाट अनलाइन किनमेल गर्ने आफ्ना ग्राहक महानुभावहरूलाई छुट प्रदान गर्ने उद्देश्य अनुरुप दराजसँग सम्झौता भएको बैंकले जनाएको छ।

बैंकका अनुसार भाद्र २९ देखि आश्विन ११ सम्मको लागि लागू हुने यस योजना अनुसार दराजमा बैंकको डेबिट कार्ड प्रयोग गरी खरिद गर्दा १५ प्रतिशत वा रू.२,००० सम्मको छुट उपलब्ध हुनेछ र क्रेडिट कार्ड मार्फत खरिद गर्दा २० प्रतिशत वा रू.२,५०० सम्मको छुट उपलब्ध हुनेछ। 

बैंकले ३५९ शाखा कार्यालयहरू, ४७३ एटिएम, १०२ वटा विस्तारित काउन्टर एवं ८१ वटा शाखा रहित बैंकिङ्गमार्फत् बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved