दक्षिण कोरियाको राजधानी सिओलमा शाखा खोल्दै ग्लोबल आइएमई बैंक

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 14, 2022 | 05:54:28 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापनाका प्रकृया सुरु गरेको छ । बैंकका अध्यक्ष चन्द्र ढकालले दक्षिण कोरियाको राजधानी सिओलमा आफ्नो शाखा कार्यालय स्थापना गर्न लागेको बताएका हुन् । 

उनले शाखा खोल्नको लागि दक्षिण कोरियाको नियामक निकायबाट स्विकृति पर्खिरहेको बताए । उनका अनुसार दक्षिण कोरियामा शाखा स्थापना गर्न नेपाल राष्ट्र बैंकबाट प्रारम्भिक शैद्धान्तिक स्विकृति लिइसकिएको छ।

स्थानीय कानुनी परामर्शदाताको माध्यमबाट दक्षिण कोरियाको नियामक निकायमा बैंकको शाखा स्थापनाका लागि औपचारिकरुपमा अनुरोध गरेको उनले बताए । उनले अबको केही समयभित्र बैंकको शाखामार्फत सम्पूर्ण बैंकिङ्ग सेवाहरु सञ्चालन हुने पनि बताएका छन् ।

विदेशमा सम्पर्क कार्यालय खोलेपनि बैंकले शाखा भने खोलेको थिएँन ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved