राष्ट्रिय वाणिज्य बैंकले ल्यायो कार्ड स्वाईप गर्दा क्यास ब्याक हुने योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Sep 25, 2022 | 04:50:07 PM मा प्रकाशित

laxmi  sunrise bank

राष्ट्रिय वाणिज्य बैक लिमिटेडले आउँदो दशै, तिहार, नेपाल सम्वत् एवं छठ लगायतका पर्वलाई मध्यनजर गर्दै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न क्यास ब्याक अफर ल्याएको छ । बैंकले पोइन्ट अफ सेल्स (पीओएस)  को माध्यमवाट प्रति कारोबार रु.१,०००।– वा सो भन्दा बढीको कार्ड स्वाईप गर्दा क्यास ब्याक हुने अफर ल्याएको हो ।

बैंकका अनुसार यो योजना आगामी २०७९ असोज १० गते देखि २०७९ कार्तिक १३ गतेसम्म लागू हुने छ । देशभर विभिन्न व्यवसायहरुमा रहेको पीओएसको माध्यमबाट राष्ट्रिय वाणिज्य बैंकको कार्डबाट रा.वा.बैंककै पिओएस मेसिन प्रयोग गरी रकम भुक्तानी गर्दा कारोबारमा क्यास ब्याक हुने बैंकले जनाएको छ  ।

यस अन्तर्गत ३ देखी ५ पटकको कार्ड स्वाईपमा ५% अधिकतम क्यास ब्याक वा रु.५००।–, ६ देखी १० पटकको कार्ड स्वाईपमा १०% अधिकतम क्यास ब्याक वा रु.७५०।–, ११ देखी १५ पटकको कार्ड स्वाईपमा १५% अधिकतम क्यास ब्याक वा रु.१,०००।– मध्ये जुन कम हुन्छ सो वराबरको रकम क्यास ब्याक हुने बैंकले जनाएको छ । त्यस्तै २०७९ असोज ७ देखि १४ गतेसम्म र २०७९ कार्तिक २ देखि ६ गतेसम्म राष्ट्रिय वाणिज्य बैंकको मोवाईल बैंकिङ्ग प्रयोग गरी क्युआर कोड स्क्यान गरी भुक्तानी गर्दा कुल कारोबार रकमको १०% वा रु.१००।– जुन कम हुन्छ सोही रकम क्यास ब्याक हुने बैंकले जनाएको छ ।

बैंकको हाल ७ प्रदेश, ७७ जिल्लामा २६२ वटा शाखा कार्यालय, ५१ वटा एक्सटेन्सन काउन्टर, २६८ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग सेवा रहेको छ ।  

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved