यस्ता छन् सिटिजन्स बैंकका १५ भावी योजना र कार्यक्रम, मर्जर तथा प्राप्ति रणनीतिक योजना

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 11:46:44 AM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले आफ्नो आफ्नो भावी कार्यक्रम तथा योजनाहरु सार्वजनिक गरेको छ  । आर्थिक वर्ष ७८/७९ को साधारणसभाको क्रममा बैंकका अध्यक्ष राजन सिंह भण्डारीले संचालक समितिको वार्षिक प्रतिवेदन पेश गर्दै बैंकका १५ वटा भावी योजना तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

बैंकको योजना तथा कार्यक्रममा मर्जर तथा प्राप्तिलाई रणनीतिक योजनाको रुपमा लिई शाखा संजाल वृद्धि, व्यक्तिगत निक्षेप वृद्धि गर्ने तथा समग्र व्यवसाय वृद्धि गर्ने उल्लेख छ।

यस्ता छन् बैंकले सार्वजनिक गरेको भावी कार्यक्रम तथा योजनाहरू: 

१. निक्षेपको औसत ब्याजदरमा कमी ल्याउने किसिमले निक्षेपका नयाँ योजनाहरू तर्जुमा गरी कार्यान्वयन गर्ने र व्यक्तिगत निक्षेपकर्ताहरुको आधार वृद्धि गर्दै संस्थागत निक्षेपतर्फको निर्भरता कम गर्दै लैजाने।

२. मर्जर तथा प्राप्तिलाई रणनीतिक योजनाको रुपमा लिई शाखा संजाल वृद्धि, व्यक्तिगत निक्षेप वृद्धि गर्ने तथा समग्र व्यवसाय वृद्धि गर्ने ।

३. गैह्र कोषमा आधारित आम्दानी श्रृजना हुने कारोवारमा केन्द्रीत भई गैह कोषमा आधारित कारोवार वृद्धि गर्ने ।

४. कर्जाको गुणस्तर सुधार गर्ने र कर्जा विस्तार गर्दा कृषि, उर्जा, पर्यटन लगायत साना तथा घरेलु उद्योगतर्फ लगानी वृद्धि गर्ने ।

५. बैंकको आन्तरिक नियन्त्रण प्रणाली तथा सुशासनलाई अझ बढी सुदृढ गर्ने ।

६. विज्ञापन तथा व्यापार प्रवर्द्धन कार्यक्रमद्वारा बैंकले आफ्नो Brand विस्तार गरी व्यापार बढाउँदै जाने ।

७. संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत् विभिन्न थप कार्यक्रमहरू सञ्चालन गर्ने र बैंकलाई समाजको जिम्मेवार संस्थाको रुपमा परिचित गराउँदै बैंकको Brand लाई थप सबल बनाउने।

८. बैंकले व्यापारको लागि नयाँ क्षेत्रहरूको पहिचान गर्ने, विदेशी विनिमय बजार तथा ब्याजदर उतारचढावलाई अझ राम्रोसंग व्यवस्थापन गरी बैंकको नाफामा सकारात्मक असर पार्न बैंकले अनुसन्धान तथा विश्लेषण गरी तद्नुरुप आवश्यक कार्ययोजना विकास गरी लागु गर्ने।

९. कर्मचारीहरूको दक्षता अभिवृद्धि को लागि नियमित रुपमा तालिम दिई मानव संसाधनको विकास गर्ने ।

१०. बैंकले संस्थागत सुशासनलाई थप सबल बनाउँदै लाने ।

११. बैंकको जोखिम व्यवस्थापनलाई थप सुदृढीकरण गर्दै लैजाने ।

१२. बैंकले सहायक कम्पनीहरूको कारोवारको आकार वृद्धिका लागि विशेष ध्यान दिने ।

१३. उत्पादनमूलक क्षेत्रमा कर्जा लगानी वृद्धि गर्न विशेष ध्यान दिने ।

१४. आधुनिक प्रविधि तथा सफ्टवेयर प्रयोग गरी प्रत्यक्ष रुपमा ग्राहक बैंक समक्ष प्रस्तुत हुनु नपर्ने गरी बैकिङ्ग सुविधा प्रदान गर्ने ।

१५. डिजिटल बैंकिङ्गको क्षेत्रमा विकसित नविनतम प्रविधिलाई यस क्षेत्रमा बढ्दो जोखिमको पक्षलाई समेत विचार गरी आवश्यकता अनुसार लागू गर्ने र बैंकको आन्तरिक प्रणाली लगायत सेवा सुविधालाई यथासम्भव डिजिटल माध्यममा परिणत गर्ने ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved