३ दिनमै वाणिज्य बैंकहरुको निक्षेप २८ अर्ब बढ्यो, २७ अर्ब कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 21, 2022 | 12:29:06 PM मा प्रकाशित

laxmi  sunrise bank

तीन दिनको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार ३ दिनको अवधिमा कमर्शियल बैंकको निक्षेप २८ अर्बले बढेको छ भने कर्जा  २७ अर्बले बढेको छ। 

असोज २८ गतेदेखि असोज ३१ गतेसम्मको अवधिमा बैंकहरुको निक्षेप ४५ खर्ब १९ अर्बबाट २८ अर्बले बढेर ४५ खर्ब ४७ अर्ब पुगेको छ। त्यस्तै सोहि अवधिमा कर्जा लगानी २७ अर्बले बढेर ४२ खर्ब २० अर्ब पुगेको छ ।  

दशैँको समयमा बैंकिंग प्रणालीबाट बाहिरिएको रकम दशैँ सकिएपछि पुन: बैंकिंग प्रणाली मै फर्कने थालेसँगै निक्षेप बढ्न थालेको हो । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved