सिटिजन्स बैंकले लक्ष्मी पूजाको दिन सुरु गर्यो मेसिनमार्फत नगद जम्मा गर्ने सेवा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Oct 24, 2022 | 02:27:58 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकले मानव सहायताबिनै सोझै मेसिनबाट क्यास डिपोजिट गर्न सकिने सेवाको सुरुवात गरेको छ । बैंकले २०७९ सालको तिहारको लक्ष्मी पूजाको दिन पारेर उक्त सेवाको सुरुवात हो । 

यो मेसिनबाट ग्राहकले कुनै भौतिक फारम बिना नै सहज रुपमा यस बैंकमा रहेको आफ्नो वा अन्य कसैको बैंक खातामा खाता नम्बरको आधारमा रकम जम्मा गर्न सक्नेछन् ।

क्यास डिपोजिट मेसिनबाट ग्राहकले १ हजार र ५ सय दरका नोटहरू मात्र जम्मा गर्न सक्नेछन् । यो सेवासँगै शाखामा पुगेर लाइनमा बसी फारम भरी नगद जम्मा गर्ने झन्झटबाट ग्राहकहरु मुक्त हुने बैंकको विश्वास छ ।

अहिले बैंकको दरवारमार्ग शाखा (नारायणहिटी पथ) बाट यो सेवा सञ्चालनमा छ । यसलाई क्रमशः देशका अन्य शाखाहरूमा विस्तार गर्ने योजना रहेको बैंकले जनाएको छ । 

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेले आधुनिक बैंकिङ्गको प्रमुख अंगको रुपमा रहेको डिजिटल बैंकिङ्गलाई सिटिजन्स बैंकले प्रभावकारी ढंगले अगााडि बढाएको बताएका छन् । 

सिटिजन्स बैंकले हाल १८० वटा शाखा, १३३ वटा ए.टि.एम. र ९६ वटा शाखारहित बैंकिङ्ग ईकाईहरुबाट सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved