सेञ्चुरी बैंकको पदमपुर शाखा अब नयाँ ठाँउमा

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 19, 2022 | 12:04:19 PM मा प्रकाशित

laxmi  sunrise bank

सेञ्चुरी कमर्सियल बैंकको पदमपुर शाखा नयाँ ठाँउमा सरेको छ । बैंकले कात्तिक २७ गतेदेखि नयाँ ठाउँमा सञ्चालनमा ल्याएको हो ।

बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ उद्घाटन गरी सेवा सञ्चालन सुरु गरेका हुन्। उक्त उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारी लगायत बैंकका कर्मचारीहरु तथा स्थानीयबासीहरुको उपस्थिति रहेको थियो ।

बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। बैंकको कुल शाखा संख्या १४८ छ, भने बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved