कार्तिक महिनामा बैंकहरुको निक्षेप १६ अर्ब बढ्यो

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 22, 2022 | 03:00:11 PM मा प्रकाशित

laxmi  sunrise bank

कार्तिक महिनामा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार कार्तिक महिनामा कमर्शियल बैंकको निक्षेप १६ अर्बले  बढेको हो। 

असोज मसान्तमा  बैंकहरुको निक्षेप ४५ खर्ब ४७ अर्ब रहेकोमा  कार्तिक मसान्तसम्म  आईपुग्दा बैंकहरुको निक्षेप बढेर ४५ खर्ब ६३ अर्ब पुगेको छ । यस अवधिमा बैंकको कर्जा प्रवाह भने २ अर्ब मात्रैले बढेको छ । असोज मसान्तमा बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २० अर्ब रहेकोमा कार्तिक मसान्तसम्ममा बैंकहरुको कर्जा २ अर्बले बढेर ४२ खर्ब २२ अर्ब पुगेको छ ।

कार्तिक महिना अन्तिम ५ दिनमा नै बैंकहरुको निक्षेप १७ अर्बले बढेको छ । कार्तिक २५ गते बैंकहरुको निक्षेप ४५ खर्ब ४६ अर्ब रहेकोमा कार्तिक ३० गतेसम्ममा बैंकहरुको निक्षेप १७ अर्बले बढेर ४५ खर्ब ६३ अर्ब पुगेको हो । यस आवधिमा कर्जा प्रवाह भने ४२ खर्ब २२ अर्ब मै स्थिर छ ।

 त्यस्तै कार्तिक मसान्तसम्म तथ्यांक अनुसार बैंकहरुको औसत सिडी रेसियो ८७.१९  प्रतिशत रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved