सिटिजन्स बैंकको जुम्ला शाखा आफ्नै भवनमा स्थानान्तरण

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 27, 2022 | 12:43:35 PM मा प्रकाशित

laxmi  sunrise bank

 सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले जुम्लामा आफ्नै भवनबाट बैंकिंङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले आज आइतबारबाट आफ्नै भवनबाट सेवा सुरु गरेको हो  ।

यस अघि कर्णाली प्रदेश, जुम्ला जिल्ला चन्दननाथ न.पा. वडा नं. ५ मा सञ्चालनमा रहेको बैंकको जुम्ला शाखा कार्यालय स्थानान्तरण भई आन्दाजी १०० मिटर दुरीमा रहेको सोही वडामा अवस्थित आफ्नै भवनमा स्थानान्तरण भएको बैंकले जनाएको छ । कर्णाली प्रदेशका विभिन्न जिल्लाहरुमा बैंकले ९ वटा शाखा कार्यालयहरु मार्फत वित्तिय सेवाहरु प्रदान गर्दैै  आईरहहेको छ ।

यस शाखा मार्फत ग्राहकहरुको वित्तीय आवश्यकता पुरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिंग सेवा प्रदान गर्नुका साथै साना तथा कर्पोरट व्यवसायीहरुमाझ वित्तीय पहुँच पु¥याँउने लक्ष्य राखेको बैंकले जनाएको छ । सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, ए.टि.एम.सेवा, घर तथा सवारी कर्जा, साना व्यवसायी कर्जा, लगायतका वित्तीय सेवाहरु छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा ग्राहकहरुलाई प्रदान गर्ने प्रतिबद्धता बैंकले जनाएको छ ।

बैंकले १८० वटा शाखा,  १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।            

                                 


                                                                 

                                                                      ।।।।।।।।।।।।।।।।।।।।।।।।।                                                                                                                                           नारायण राज अधिकारी

प्रवक्ता




Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved