एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 08:55:31 AM मा प्रकाशित

laxmi  sunrise bank

एभरेष्ट बैंकको लाभांश सुरक्षित गर्ने आज मङ्सिर १२ गते अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर १३ गते बुक क्लोज गर्ने निर्णय गरेकोले आज मङ्सिर १२ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

 बैंकले मङ्सिर २६ गते सोमबार लैनचौर ब्यान्क्वेटमा सभा आह्वान गरेको छ । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट  १३ प्रतिशत बोनस शेयर र ७.६८ प्रतिशत नगद लाभांश गरि कुल २०.६८ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  बैंकको साधारण सभाबाट स्वीकृत भएपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ ।

यस्ता छन् बैंकको सभामा पेश हुने प्रस्तावहरु : 

१. संचालक समितिको तर्फबाट अध्यक्षज्यूको प्रतिवेदन |

२. लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरिएको २००९ साल आषाढ ३२ गतेको वासलात, सोही मितिमा समाप्त आ.व. २०७८ /७२ को नाफा नोक्सान हिसाव तथा सोही अवधिको नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने,

३. मिति २०७२/०७/१८ मा बसेको सञ्चालक समितिको ३४५ औं बैठकले शेयरधनीहरुलाई निम्न बमोजिम बोनस शेयर तथा नगद लाभाशं प्रदान गर्न सिफारिश गरेकोले सो प्रस्ताव छलफल गरी पारित गर्ने,

(क) १३% का दरले बोनस शेयर जारी गर्ने बिशेष प्रस्ताव,
(ख) ७.६८% नगद लाभाशं (बोनस शेयरमा लाग्ने कर समेत) वितरण गर्न गरेको सिफारिशलाई छलफल गरी पारित गर्ने,

४. प्रबन्धपत्र संशोधन सम्बन्धि बिशेष प्रस्ताव पारित गर्ने,

(क) बैंकको अधिकृत पूँजी रु.१००० करोडबाट बृद्धि गरी रु. १५०० करोड पुयाउने भएकोले सोही बमोजिम संशोधन गर्न ।

(ख) बैंकले मिति २०६४ / ०३ / २० मा २० लाख कित्ता ७% Convertible Preference Share जारी गरेकोमा विवरणपत्र बमोजिम बाँडफाँड गरेको मितिले ३ - ३ वर्षमा २० प्रतिशत शेयर साधारण शेयरमा परिणत गर्नुपर्ने शर्त बमोजिम मिति २०६७/०६/२७ मा प्रथम पटक मिति २०७०/०६/३१ मा दोस्रो पटक २०७३/०६/३० मा तेस्रो पटक, २०७६/०६/०९ मा चौथो पटक परिणत भई पुनः मिति २०७२/०६/१३ मा बाँकी ४ लाख कित्ता पाचौं तथा अन्तिम पटक साधारण शेयरमा परिणत भएपश्चात पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्न ।

(ग) बैंकले प्रस्तावित बोनस शेयर जारी भएपश्चात पूँजी बृद्धि हुने भएकोले सोही बमोजिम संशोधन गर्न ।

५. आ. ब. २०७२ / ८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved