इन्भेष्टमेन्ट बैंकको साधारणसभा पुस ७ मा, बुक क्लोज कहिले ?

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Nov 28, 2022 | 10:19:01 AM मा प्रकाशित

laxmi  sunrise bank

मर्जर प्रक्रियामा रहेका नेपाल इन्भेष्टमेन्ट बैंकले साधारणसभा मिति तय गरेको छ  । बैंकले पुस ७ गते साधारणसभा गर्ने भएको हो  ।

बैंकले साधारणसभा प्रयोजनको लागि मङ्सिर २१ देखि मङ्सिर २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ  । मङ्सिर २० गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन्  ।

बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर ७ प्रतिशत नगद लाभांश गरि कुल ११ प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ । हाल इन्भेष्टमेन्ट बैंकको चुक्ता पुँजी १८ अर्ब ३० करोड ७५ लाख रहेको छ । बैंकको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । 

हाल इन्भेष्टमेन्ट र मेगा बैंक मर्जर प्रक्रियामा छन् । मेगा बैंकले पनि लाभांश घोषणा गरिसकेको छ । मेगा बैंकले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशत बोनस शेयर र ३.८३ प्रतिशत नगद लाभांश गरि कुल ७.८३  प्रतिशत लाभांश बितरण गर्ने प्रस्ताव गरेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved