७ दिनमा ११ अर्बले बढ्यो वाणिज्य बैंकहरुको निक्षेप, १ अर्ब मात्रै कर्जा प्रवाह

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 08:20:58 PM मा प्रकाशित

laxmi  sunrise bank

एक साताको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप बढेको छ । कमर्शियल बैंकका सीइओहरुको छाता संगठन नेपाल बैंकर्स संघ, एनबिएका अनुसार मङ्सिर ९ देखि मङ्सिर १६ गतेसम्मको अवधिमा कमर्शियल बैंकको निक्षेप ११ अर्बले  बढेको हो। 

मङ्सिर ९ गते वाणिज्य बैंकहरुको कुल निक्षेप ४५ खर्ब ६२ अर्ब रहेकोमा मङ्सिर १६ गतेसम्म आईपुग्दा ११ अर्बले बढेर ४५ खर्ब ७३ अर्ब पुगेको छ ।  त्यस्तै यस अवधिमा बन्खारुको कर्जा भने १ अर्बले मात्र बढेको छ । मङ्सिर ९ गते वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४२ खर्ब २२ अर्ब रहेकोमा मङ्सिर १६ गतेसम्म आईपुग्दा १ अर्बले बढेर ४२ खर्ब २३ अर्ब पुगेको छ ।

  त्यस्तै यस अवधिसम्ममा बैंकहरुको औसत सिडी रेसियो ८६.७६ प्रतिशत रहेको छ ।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved