सानिमा बैंकको वार्षिकोत्सवको अफर: १८ जोडीलाई सौराहा भ्रमण लैजाने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 06, 2022 | 08:43:39 PM मा प्रकाशित

laxmi  sunrise bank

सानिमा बैंकले २०७९ मंसिर २१ गते १८ औं वार्षिकोत्सव मनाउँदै छ । यस अवसरमा सानिमा बैंकले एफवान सफ्टसंग सहकार्य गरी आफ्ना ग्राहकहरुका लागि मोबाइल बैंकिङ्ग योजना सार्वजनिक गरेको छ ।

उक्त योजना अन्तर्गत १८ जोडीले सौराहा भ्रमणको अवसर प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। बैंकका अनुसार भ्रमणका लागि योग्य हुन ग्राहकहरुले मोबाइल बैंकिङ्गबाट ५ वटा विभिन्न कारोबारहरु गर्नुपर्ने हुन्छ । उक्त कारोबारहरु रु.२०० भन्दा बढि र कम्तिमा एउटा टपअप समावेश हुनुपर्नेछ । 

ग्राहकहरुले मोबाइल बैंकिङ्ग एप प्रयोग गरी टपअप, फन्ड ट्रान्सफर, लोड वालेट, क्युआर पेमेन्ट, युटिलिटि पेमेन्ट, आदि जस्ता कारोबारहरु गर्न सक्ने बैंकले जनाएको छ । बैंकका अनुसार यो योजना २०७९ मंसिर २१ देखि पौष ९ गतेसम्म १८ दिनका लागू हुनेछ । योजना अवधि भर ग्राहकहरुले सानिमा मोबाइल बैंकिङ्ग मार्फत् गरेका कारोबारहरुलाई समावेश गरिने छ । 

यस योजनाले डिजिटल भुक्तानीलाई प्रोत्साहन गरी दीर्घकालीन रूपमा नगदको प्रयोग घट्ने बैंकको विश्वास छ । सानिमा बैंकको देशका सातै प्रदेशमा १३० वटा कार्यालय तथा १२३ वटा ए.टि.एम. संचालनमा रहेका छन् । 


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved