ग्लोबल आईएमई बैंकको वार्षिक साधारण सभा सम्पन्न, लाभांश र मर्जर प्रस्ताव पारित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 09, 2022 | 01:09:55 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंकको वार्षिक साधारण सभाले मर्जर र लाभांश प्रस्ताव पारित भएको छ। बैंकको शुक्रबार(आज) काठमाडौँको गैरधारास्थित सिल्भर ओक ब्यांक्वेटमा सम्पन्न सोर्ह्रौँ वार्षिक साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो।

सभाले सञ्चालक समितिको निर्णयले प्रस्ताव गरे अनुसार गत आर्थिक वर्षको नाफाबाट ३ प्रतिशत बोनस सेयर र १०.६ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल १३.६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभामा विशेष प्रस्ताव अन्तर्गत बैंकको अधिकृत पूँजी २५ अर्बलाई वृद्धि गरी ५० अर्ब रूपैयाँ कायम गर्ने प्रस्ताव पारित गरिएको छ। बैंकको प्रबन्ध पत्र तथा नियमावलीमा संशोधन गर्ने सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने तथा उक्त संशोधनमा नेपाल राष्ट्र बैंक वा अन्य नियमनकारी निकायले फेरबदल गरेमा आवश्यक संशोधन तथा परिमार्जन गर्न संचालक समितिलाई अख्तियारी दिन स्वीकृत गर्ने, ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेड गाभ्ने–गाभिने (मर्जर) सम्बन्धमा संचालक समितिको तर्फबाट प्रस्तुत प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,मर्जर प्रयोजनका लागि मुल्याङकन कर्ताबाट प्राप्त चल र अचल सम्पत्ति दायित्व तथा कारोबारको मुल्याइन प्रतिवेदन (डिडिए) को आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ स्वीकृत गर्ने प्रस्ताव सभाबाट पारित भएको छ।

त्यस्तै गरी मर्जर सम्बन्धी सम्झौतापत्र स्वीकृत गर्ने तथा मर्जर सम्बन्धी अन्य प्रकृया पुरा भएको हुँदा बैंक अफ काठमाण्डू लिमिटेड यस बैंकमा गाभ्न–गाभिन अन्तिम स्वीकृति प्रदान गर्ने प्रस्तावहरू पनि सभामा पारित भएका हुन्।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved