निफ्रा र आइएफसीबीच सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 02:40:59 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) र इन्टरनेशनल फाइनान्स कर्पोरेशन (आइएफसी) बीच साझेदारीको लागि सम्झौता भएको छ । सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडालिटीमा पूर्वाधार परियोजनाहरूको विकास गर्नको लागि सम्झौता भएको हो।

सम्झौतामा निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा र आईएफसीका पीपीपी समबन्धि एशिया प्यासिफिक प्रबन्धक थोमस लुबेकले हस्ताक्षर गरेका छन् ।  सम्झौता अनुसार निफ्रा र आईएफसीले सहकारी गरि पूर्वाधार विकासमा लगानी बढाउने छन् ।  आईएफसीले नेपालमा वित्तीय र प्राविधिकको खाडल पुरा गरी पूर्वाधार क्षेत्रमा लगानी बढाउँन निफ्रालाई सहयोग गर्नेछ ।  परियोजना पहिचान र स्क्रीनिंग, पहिचान गरिएका परियोजनाहरूको प्रारम्भिक मूल्याङ्कन र क्षमता निर्माणमा आईएफसीले सहयोग गर्ने छ ।

यस बाहेक आईएफसीले पीपीपी मोडालिटीमा क्षमता अभिवृद्धिको लागि पनि आईएफसीले सहयोग गर्ने छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved