राष्ट्र बैंकका यी २ ब्यबस्था पुस १ देखि लागु हुने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 04:03:11 PM मा प्रकाशित

laxmi  sunrise bank

खुला बजार कारोबार विनियमावली र  खुला बजार कारोबार सम्बन्धी कार्यविधि पुस १ गतेदेखि कार्यन्वयनमा आउने भएको छ । नेपाल राष्ट्र बैंकले  'नेपाल राष्ट्र बैंक खुला बजार कारोवार विनियमावली (दोश्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोवारसम्बन्धी कार्यविधि (दोश्रो संशोधन २०७९), २०७८ पुस १ गतेदेखि कार्यान्वयनमाआउने जनाएको हो।

राष्ट्र बैंकले खुला बजार कारोबार तथा व्याजदर करिडोरसम्बन्धी उपकरणहरुको प्रयोगका सम्बन्धमा नेपाल राष्ट्र बैक, खुला बजार कारोवार विनियमावली (दोश्रो संशोधन २०७९), २०७८ र नेपाल राष्ट्र बैंक खुला बजार कारोबारसम्बन्धी कार्यविधि (दोश्रो संशोधन २०७९), २०७८ जारी गरेको थियो । यी विनियमावली र कार्यविधि  पुस १ गतेदेखि लागु हुने छन् ।

 माष्टर रिपर्चेज एग्रीमेण्ट तथा सुरक्षणपत्र धितो कारोबारसम्वन्धी सम्झौता गरेका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरुलाई उपरोक्त विनियमावली तथा कार्यविधिमा गरिएको संशोधित व्यवस्थाहरुको पूर्ण कार्यान्वयन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved