माछापुच्छ्रे बैंक लिमिटेडका नवनियुक्त अध्यक्ष डा.उपेन्द्र महतोले सपथ लिएका छन् । उनले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् ।
माछापुच्छे बैंकको २०७९÷०८÷१२ गते सोमबार बसेको ४७२ औ संचालक समितिको बैंठकले डा.उपेन्द्र महतोज्यूलाई संचालक समितिको अध्यक्षमा चयन गरेको थियो । डा.महतो “गैर आवासीय नेपाली संघ”का संस्थापक अध्यक्ष समेत हुन्।
बैंकका निर्वतमान अध्यक्ष डा. विरेन्द्र महतो सांसद चुनिएपछि उनले बैंकको अध्यक्षबाट राजिनामा दिएका थिए। डा. विरेन्द्र महतो सिरहा-४ बाट जनता समाजवादी पार्टीका उम्मेदवार बिरेन्द्र प्रसाद महतो प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । त्यसपछि उनका भाई डा.उपेन्द्र महतो बैंकको अध्यक्ष चयन भएका हुन् ।