सिद्धार्थ बैंकका ग्राहकहरुलाई काठमाडौं मेडिकल कलेजमा छुट

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 11, 2022 | 09:36:23 PM मा प्रकाशित

laxmi  sunrise bank

सिद्धार्थ बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा छुट पाउने भएका छन्  । बैंक र सिनामंगल स्थित काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेड बीच बैंकका ग्राहकहरुलाई अस्पतालका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट हेड अफ सर्कल अफिस त्रिपुरेश्वर अजय सिंह भण्डारी तथा काठमाडौं मेडिकल कलेजका तर्फबाट सामान्य प्रशासन प्रमुख प्रेम प्रकाश थापाले हस्ताक्षर गरेका छन् ।

उक्त सम्झौता अनुसार बैंकका ग्राहकहरुले काठमाडौं मेडिकल कलेज पब्लिक लिमिटेडमा सिद्घार्थ बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग, क्यूआर मार्फत भुक्तानी गर्दा विभिन्न स्वास्थ्य सेवामा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्ने छन्। यसले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गर्नुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ  उत्प्रेरित गर्ने विश्वास लिईएको बैंकले जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved