बजारमा तरलता भित्रभित्रै सुधार भएकाे छ: गभर्नर अधिकारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 12, 2022 | 06:15:36 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बजारमा तरलता भित्रभित्रै सुधार भएकाे बताएका छन् । नेपाल बैंकर्स संघको साधारणसभालाई सम्बोधन गर्दै तरलताको समस्या समाधान हुँदै गएको बताएका हुन् ।

उनले अहिलेको अवस्था चुनौतीपूर्ण नै रहेपनि अर्थतन्त्रका सकारात्मक पक्ष पनि रहेको र ति बाहिर नआएको बताए । उनले बैंक तथा वित्तीय संस्था ठिक ठाउँमा आएको, अघिल्लो वर्ष सिडी रेसियोको समस्या रहेकोमा अहिले त्यस्तो समस्या नरहेको, तथा समग्र अर्थतन्त्र सुधार तिर अगाडी बढिरहेको उनले बताए ।

उनले तरलताको अवस्था सहज हुँदै गए पनि ऋणीले ऋण नपाएको कुरा मात्र बाहिर आएकोमा गुनासो गरे । उनले जसको बिजनेश थप छैन , त्यस्ता ऋणीलाई थप ऋण दिएर ब्याज आम्दानी देखाउने अवस्था अब नरहने बताए। 

बैंकर्स संघले नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर डा. तिलक रावललाई सम्मान गरेकोमा गभर्नर अधिकारीले संघलाई धन्यबाद दिएका छन् । डा. रावलले नेपालकाे अर्थतन्त्र प्रति दिएकाे याेगदानकाे कदर गर्नु पर्ने गभर्नर अधिकारीले बताए ।

 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved