नेपाल बैंकर्स संघको साधारणसभा सम्पन्न, कार्यकारिणी समितिमा ३ सदस्य निर्विरोध निर्वाचित

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 13, 2022 | 03:47:33 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल बैंकर्स संघले आफ्नो ३६ औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । सो साधारणसभामा संघको कार्यकारिणी समितिका तीन जना सदस्यहरुको निर्वाचनको कार्यक्रम समेत रहेकोमा सभाले कार्यकारिणी समितिका तीन जना सदस्यहरुलाई निर्विरोध निर्वाचित गरेको छ ।

३ जना निर्वाचित सदस्यहरु मध्ये नेपाल एस.बि.आई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपक कुमार दे, ,  र माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पुनः सदस्यमा निर्वाचित भएका छन् ।  अर्को सदस्यमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ निर्वाचित भएका छन् । 

संघले संघको वार्षिक साधारणसभाको अवसरमा प्रत्येक वर्ष बैंकि· क्षेत्रमा उल्लेखनीय योगदान दिने व्यक्तित्वलाई सम्मान गर्ने परम्परालाई निरन्तरता दिंदै यस वर्ष डा. तिलक रावलज्यूलाई सम्मान–पत्र प्रदान गरेको छ । डा. रावलले नेपाल राष्ट्र बैंकको गभर्नर, संविधान सभाको सदस्य, नेपाल बैंकर्स संघको अध्यक्ष, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको कार्यकारी अध्यक्ष, कृषि विकास बैंक लिमिटेडको महाप्रबन्धक लगायत राष्ट्रिय÷अन्तर्राष्ट्रिय संघ संस्थाहरुको विभिन्न ओहोदामा रही समस्त अर्थतन्त्र तथा बैंकिङ्ग क्षेत्रको विकासका लागि विगत चार दशक भन्दा अधिक समय देखि अनवरत रुपमा योगदान गर्दै आएकोले सम्मान गरिएको संघले जनाएको छ । 

सभाको शुरुवात गर्दै संघका अध्यक्ष अनिल कुमार उपाध्यायज्यूले स्वागत् मन्तब्य राखेका थिए। उनले सो क्रममा हाल सरकार, नेपाल राष्ट्र बैंक र निजी क्षेत्रको मिलन बिन्दु नै मुख्य चुतौती रहेको बताए । उनले विद्यमान बैंकिङ्ग प्रणालीमा चुनौतीको रुपमा रहेको उच्च व्याजदर, स्रोत संकलन, अर्थतन्त्रमा आएको मन्दी, बढ्दो व्यापार घाटाका कारण तरलतामा परेको चापको कारण बैंकहरुको कर्जा गुणस्तरमा आएको प्रभाव परेको समेत बताए । यसै गरी  घट्दै गएको स्प्रेड दर र आरओईले बैंकहरुमा थप चुनौती थपेको पनि बताए । 

सम्मान–पत्र ग्रहण पश्चात् डा. रावलले कार्यक्रममा आफ्नो मन्तब्य राख्दै हालका दिनमा विश्व अर्थतन्त्रमा नै समस्या देखिएको र नेपालको अर्थतन्त्र दक्षिण एसियाली मुलुकहरुको तुलनामा बलियो देखिएको बताए । हाल देखिएको समस्या निरुपण गर्न र अर्थतन्त्रलार्ई बलियो बनाउन सबै मिलेर जानुपर्ने पनि बताए । 

सभाका प्रमूख आतिथि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सम्बोधन गर्दै देशको अर्थतन्त्र सुधारउन्मुख रहेको र बैंकहरुमा तरलताको उपलब्धता बढ्दै गएको बताए । देशको अर्थतन्त्र आन्तरिक उत्पादनमा केन्दि«त भई रेमिटेन्स माथिको निर्भरता कम गर्नुपर्ने तथा मुद्रास्फीति नियन्त्रण गर्न राष्ट्र बैंक चनाखो भएको र अर्थतन्त्रलाई सन्तुलनमा राख्न केन्द्रिय बैंक नचुक्ने बताए । 

कार्यक्रमको अन्तमा संघका उपाध्यक्ष सुनिल केसीले अर्थतन्त्रमा देखिएका जटिलता सामना गर्न संघ तत्पर रहेको र सबै मिलेर चुनौतीको सामना गर्नुपर्ने बताए । 

संघको वार्षिक कार्यक्रममा गभर्नर लगायत अर्थ मन्त्रालय, नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्थाका पदाधिकारीहरु, विभिन्न संघ÷संस्थाका प्रतिनिधिहरु लगायतको उपस्थिति थियो ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved