व्यवसायीलाई गभर्नरको प्रश्न 'लगेको पैसा बैंकमा फिर्ता नगर्ने, अनि आफै तरलता असहज भयो भन्ने?'

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 10:40:22 AM मा प्रकाशित

laxmi  sunrise bank

 नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकरीले व्यवसायीहरुले बैंकबाट लगेको ऋण बैंकमा फिर्ता नगरेको कारण तरलता असहज भएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ नाफिजको महासभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले नीजि क्षेत्रलाई लक्षित गर्दै लगेको पैसा नदिने प्रवृती हावी भएको बताएका हुन्।

"लगेको पैसा फिर्ता नगर्ने फेरि आफै तरलता असहज भयाे भन्ने प्रवृती भयाे।" उनले भने " बैंकमा आफै पैसा उब्जने त हाेईन।" 

यद्यपि अहिलेकाे बजारकाे  तरलता अभावलाई सुधार्ने कोषिस गरिरहेकाे उनले बताए । बढिरहेको ब्याजदरमा सन्दर्भमा  यदि अर्थबजारले हस्तक्षतकारि नीति खाेजेकाे भएपनि राष्ट्र बैंक तयार भएको तर त्यसकाे औचित्य राष्ट्र बैंकले खोजेको उनले उल्लेख गरेका छन्  । 

उनले भने "नीति क्षेत्रले हस्तक्षपकारी नीति खाेजेकाे हाे भने आउनुस्, यसका फाईदा के हुन्? यसले देशको अर्थतन्त्र कता लैजान्छ, औचित्यता औल्याउनुस्,  त्यसपछि बजार ब्याजदर हामी ताेकिदिन्छाै। "

यसले गर्दा राष्ट्र बैकलाई नियमनमा समेत थप सहज हुने उनले बताए। यद्यपि नियमन र क्षणिक बजार सहजताकाे लागि मात्रै नीति नियम ल्याउन नसकिने उनले प्रष्ट पारे।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved