नेपाल एसबिआई बैंककी अध्यक्ष जयती बन्सलले लिईन् सपथ

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 14, 2022 | 01:46:08 PM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल एसबिआई बैंकको अध्यक्षमा जयती बन्सल चयन भएकी छिन् । बैंकको संचालक समितिको २०७९÷०८÷२६ मा बसेको ४९३औँ बैठकले स्टेट बैंक अफ इण्डियालाई प्रतिनिधित्व गरी आएकी संचालक जयती बन्सल लाई बैंक संचालक समितिको अध्यक्षमा सर्वसम्मतिबाट चयन गरेको हो।

जयती बन्सल, एस.बी.आई. को मुम्बई स्थित प्रधान कार्यालयको अन्तर्राष्ट्रिय बैंकिङ्ग समूहमा मुख्य महाप्रबन्धकको पदमा कार्यरत रही एस.बी.आई. को विदेशी रणनीति, व्यवसाय प्रवर्धन, संचालन प्रभावकारीता तथा विश्वभरिका विदेशी सहायक एवं संयुक्त लगानीका बैंकहरुको संचालन लगायतका मामिला हेर्छिन्।

नेपाल राष्ट्र बैंकका गर्भनर महा प्रसाद अधिकारीले बैंकका नवनियुक्त संचालक समितिका अध्यक्ष जयती बन्सल लाई नेपाल राष्ट्र बैंक, केन्द्रीय कार्यालय, बालुवाटारमा आज आयोजित एक समारोहबीच पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । 

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved