सनराइज बैंकका ग्राहकहरुलाई विश्वज्योतिमा दुई टिकट खरिद गर्दा एउटा निशुल्क

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 15, 2022 | 07:23:14 PM मा प्रकाशित

laxmi  sunrise bank

सनराइज बैंकले विश्वज्योति सिनेप्लेक्ससँग सहकार्य गरी बैंकको ग्राहकहरुलाई हरेक दुई टिकटको खरिदमा बैंकको तर्फबाट एक टिकट निःशुल्क दिने योजना ल्याएको छ । पुस १ २०७९ देखि तीन महिनासम्म संचालन गरिने यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले विश्वज्योति सिनेप्लेक्समा योजना अवधिभर कुनै पनि चलचित्रको दुईवटा टिकट खरिदमा एउटा टिकट निःशुल्क प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

बैंकका अनुसार यस योजनामा समावेश हुनको लागि ग्राहक महानुभावहरुले टिकट खरिद बापतको रकम सन्राइज बैंकका डेबिट÷क्रेडिट कार्ड वा मोबाइल बंैकिङ्ग प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । सन्राइज बैंकले केहि वर्ष अगाडी पनि क्युएफएस सिनेमाको २ वटा टिकटको खरिदमा एउटा टिकट सित्तैमा दिने लोकप्रिय योजना ल्याएको थियो । 

 बैंकले आफ्ना ग्राहकहरुको सुविधा तथा सहजतालाई मध्यनजर गर्दै विभिन्न छुट तथा अफरहरु दिदैं आएको छ । यस अफरले ग्राहकहरुलाई नगद भुक्तानीबाट डिजिटल भुक्तानीमा जान आकर्षित गर्ने र उक्त भुक्तानीमा पाइने लाभले अझै बढी कारोबार गर्न मदत गर्ने बैंकले जनाएको छ ।


Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved