टाटा मोटर्सको इलेक्ट्रिक गाडी किन्न प्रभु बैंकले सहुलियत कर्जा दिने

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Dec 21, 2022 | 06:44:14 PM मा प्रकाशित

laxmi  sunrise bank

प्रभु बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ्ग प्रा.लि. बिच टाटा मोटर्स इलेक्ट्रिक भेहिकलको लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता भएको छ । प्रभु बैंक लिमिटेड र सिप्रदीट्रेडिङ्ग प्रा.लि. बीच विद्युतीय सवारीसाधनमा लगानी सम्बन्धी सम्झौता सम्पन्न भएको हो ।

सम्झौतामा बैंकका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत मनिराम पोखरेल र सिप्रदी ट्रेडिङ्ग  प्रा.लि.का तर्फबाट महाप्रबन्धक शावन्त जंग सिजापतिले  हस्ताक्षर गरेका छन् । प्रभु बैंक र सिप्रदी ट्रेडिङ्ग  प्रा.लि. बिच सम्पन्न उक्त सम्झौता अनुसार सिप्रदी ट्रेडिङ्ग  प्रा.लि.बाट ग्राहकहरुले टाटा मोटर्स अन्र्तगतका इलेक्ट्रिक भेहिकल खरिद गर्दा छिटो, छरितो र सहजताका साथ प्रतिस्पर्धी व्याजदरमा सवारी साधन कर्जा प्राप्त गर्न सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।

बैंकका अनुसार हाल बैंकको देशभर रहेको २१७ शाखाबाट नै कर्जा सुबिधा उपलब्ध हुने छ । यस सम्झौताबाट पेट्रोलियम पदार्थ खपतमा आधारित सवारीसाधनलाई विद्युतीय सवारीसाधनले प्रतिस्थापन गरी वातावरणिय सन्तुलनको दृष्टिकोणमा सहयोगी हुने बैंकले विश्वास लिएको जनाएको छ ।

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved