वाणिज्य बैंकको संख्या २४ कायम: ५ खर्ब सम्पति सहित ग्लोबल र बिओकेको एकिकृत कारोबार सुरु

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 08:34:53 AM मा प्रकाशित

laxmi  sunrise bank

आज पुस २५ गतेबाट नेपालमा वाणिज्य बैंकको संख्या २४ कायम भएको छ । ग्लोबल आईएमई बैंक र  बैंक अफ काठमाण्डु (बिओके) एक आपस मर्ज भई आज पुस २५ गतेबाट एकिकृत कारोबार सुरु गरेसँगै वाणिज्य बैंकको संख्या २४ कायम भएको हो।

ग्लोबल र बिओकेको मर्जरपछि ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकिकृत कारोबार सुरु भएको हो । दुवै बैंकको मङ्सिर २३ गते सम्पन्न साधारणसभाले मर्जर प्रस्ताव पारित गरेको थियो । राष्ट्र बैंकले यी दुई बैंकलाई पुस १७ गते मर्जरको लागि अन्तिम स्वीकृति प्रदान गरेको थियो ।  कम्पनी रजिष्ट्रारको कार्यालयल पुस १९ गते  बिओकेको सम्पूर्ण सम्पत्ति, दायित्व तथा अन्य सम्भावित दायित्वहरु ग्लोबल आईएमई बैंकले ब्यहोर्ने गरी मर्जरको लागि अन्तिम स्वीकृति दिएको थियो । 

सोहि अनुसार पुस २५ गते सोमबारदेखि ग्लोबल आईएमई बैंकको नामबाट एकिकृत कारोबार हुन लागेको हो ।  मर्जर पश्चात बैंकको केन्द्रीय कार्यालय हाल ग्लोबल आईएमई बैंकको केन्द्रीय कार्यालय रहेको स्थान कमलादीमा रहने छ ।

मर्जरपछि बैंकको कुल सम्पति ५ खर्ब ५ अर्ब, कुल पुन्जो ५७ अर्ब, कुल निक्षेप ४ खर्ब १२ अर्ब, कुल ऋण ३ खर्ब ७७ अर्ब, कुल ग्राहक संख्या ४० लाख, तथा ११ सय बढी सेवा केन्द्र कायम भएको छ । 

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved