देश कै ठूलो बैंक बनाउँन चन्द्र ढकालले ग्लोबल आईएमईमा विलय गराए २१ संस्था (सूचीसहित)

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 03:12:56 PM मा प्रकाशित

laxmi  sunrise bank

ग्लोबल आईएमई बैंक देशै ठूलो बैंक बनेको छ। बैक अफ काठामाडौँ (बिओके)र ग्लोबल आईएमई बैंक मर्जर भई आजदेखि एकिकृत कारोबार सुरु गरेसँगै ‘ग्लोबल आईएमई’ देशकै ठूलो बैंक बनेको छ। देशकै ठुलो बैंक बनाउने योजनाकार अर्थात गुरु हुन्, व्यवसायी तथा बैंकर चन्द्र ढकाल !

ग्लोबल आईएमईमा गाभिने मध्येमा बिओके ५ औँ बाणिज्य बैंक र २१ औँ  कम्पनी हो। यस अगाडी कै ग्लोबल आईएमई २० वटा बैंक तथा वित्तीय संस्थाको मिश्रण हो।

कुनै पनि संस्था/कम्पनी वा फर्ममा त्यसको नाम र ब्राण्डले विशेष महत्व राख्छ। ग्लोबल आईएमई बैंकमा रहेको ‘आइएमई’ एक ब्राण्ड हो, चन्द्र ढकाल नेतृत्वको ग्रुपको। आईएमई ब्राण्ड नेपालमा स्थापित त ब्राण्ड नै हो, स्थापित ब्राण्डसँग जोडिएको बैंक देशकै ठुलो बैंक बन्नु सामान्य हो। तर ग्लोबल आईएमईमा भने प्रसंग फरक छ।

ग्लोबल आइएमईमा रहेको ‘आईएमई’ एउटा ‘ग’ वर्षको फाइनान्सको निशानी हो। त्यो फाइनान्स अरु कसैको नभई ढकालको ‘आईएमई फाइनान्स’ हो। यो बैंकमा वाणिज्य बैंक मात्रै ५ वटाको मिश्रण हुँदा ग्लोबल बाहेक अन्य ४ को नामनिसानी केही छैन। तर, ढकालको फाइनान्सको निसानी भने आज देशकै ठुलो बैंकमा जोडियो।

विं.सं.२०६२ मै उनी ग्लोबल बैंकको सञ्चालक भएका थिए। फाइनान्स गाभेपछि अध्यक्ष बने। त्यसपछि त जुनसुकै संस्थासँग मर्जरमा गएपनि उनको ब्राण्ड विस्थापन हुने कुरै भएन। जब ‘ग’ वर्गको फाइनानस ‘क’ वर्षको वाणिज्य बैंकसँग जोडिदै आफ्नो ब्राण्ड जोगाउन सफल ढकाललाई अरु मर्जरपश्चात पनि आफ्नो ब्राण्ड बचाउन त्यत्ति कसरत गर्न परेन।

ग्लोबल आईएमईमा मिश्रित कम्पनीहरु

वाणिज्य बैंकहरु

१.ग्लोबल बैंक

२.कमर्ज एण्ड ट्रष्ट बैंक

३.जनता बैंक

४.लुम्बिनि बैंक

५.बैंक अफ काठमाडौँ

विकास बैंकहरु

१.गुल्मी विकास बैंक

२.सोसल डेभलपमेन्ट बैंक

३. नेपाल कन्जुमर डेभलपमेन्ट बैंक

४.रिलायवल डेभलपमेन्ट बैंक

५.प्यासिफिक डेभलपमेन्ट बैंक

६.त्रिवेणी विकास बैंक

७.ब्राईट डेभलपमेन्ट बैंक

८.सिद्धार्थ डेभलपमेन्ट बैंक

९.पब्लिक डेभलपमेन्ट बैंक

१०.ड्राइ डेभलपमेन्ट बैंक 

फाइनान्स

१.आईएमई फाइनान्स

२.लर्ड बुद्ध फाइनानस

३.सुभ लक्ष्मी भाइनानस

४.रिलायवल फाइनान्स

५.हाथ वे फाइनान्स

६.नेपाल आवास फाइनान्स

सम्पुर्ण बैंक तथा वित्तीय संस्थाहरु ढकालले आफ्नै नेतृत्वबाटै मर्जर गरेका भने होईनन्। उनले नेतृत्व गरीरहेको बैंकमा मर्ज हुन आउने बैंक तथा वित्तीय संस्थाहरुले पहिल्यै मर्जर तथा एक्विजीसन गरेका संस्थाहरु समेत गणाना गर्दा २१ पुग्ने हो। यद्यपी अधिकासं मर्जरमा भने उनकै हात छ। 

मर्जर पश्चात् बैंकको कुल सम्पत्ति ५ खर्ब ५ अर्ब बढी, कुल पुँजी ५७ अर्ब, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड, कुल निक्षेप ४०८ अर्ब, कुल कर्जा ३ खर्ब ७७ अर्ब, कुल ग्राहक ४० लाख र कुल सेवाग्राही केन्द्र नेपालभर र विदेशमा सहित गरी १ हजार १ सय पुगेका छन्। मर्जरपछि बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ। 


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved