लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 04:58:57 PM मा प्रकाशित

laxmi  sunrise bank

लक्ष्मी बैंक र सनराइज बैंकबीच  मर्जर सम्झौता भएको छ। दुई बैंक बीच आज दिउँसो मेरियट होटेलमा मर्जरको लागि सम्झौता भएको हो । सम्झौतामा लक्ष्मी बैंकको तर्फबाट अध्यक्ष रमण नेपाल तथा सनराइज बैंकको तर्फबाट अध्यक्ष मोतीलाल दुगडले हस्ताक्षर गरेका छन् ।  

दुई बैंकबीच डिडिए अनुसार स्वाप रेसियो कायम गर्ने सहमति भएको छ । लक्ष्मी बैंकका एक संचालकले १:१ को स्वापमा सहमति भएको समाचार बाहिर आएपनि त्यसमा सत्यता नरहेको बताए । उनले लक्ष्मी बैंकको सम्पति बढी भएकोले डिडिए गर्दा लक्ष्मी बैंक केहि अगाडी आउने अपेक्षा गरिएको बताए ।  हालसम्मको सहमति अनुसार अध्यक्ष पनि लक्ष्मीले पाउने र सीइओ पनि लक्ष्मीले पाउने उनले बताए ।  मर्जर पछि बन्ने  बैंकको नाम लक्ष्मी सनराइज बैंक वा लक्ष्मी बैंक हुने छ।  

नेपाल राष्ट्र बैंकले यी २ बैंकलाई लामो समयदेखि मर्जमा जान दबाब दिँदै आएको थियो । दुवै बैंकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट लाभांश दिएका थिएनन् ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved