एनएमबि बैंकको २७ औं बार्षिक साधारण सभा सम्पन्न

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 06:19:49 PM मा प्रकाशित

laxmi  sunrise bank

एनएमबि बैंकको २७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संचालक समितिका अध्यक्ष, सञ्चालक र शेयरधनीको उपस्थितिमा सभा आज सम्पन्न भएको हो। सभा नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाण्डौंमा आयोजना गरिएको थियो।

एनएमबि बैंकको सञ्चालक समितिका अध्यक्ष पवन कुमार गोल्याणको सभापतित्वमा भएको हो।

वार्षिक साधारण सभाले गत आर्थिक वर्षको नाफाबाट हाल कायम चुक्ता पुँजीको ८.२५ प्रतिशत (कर सहित) नगद लाभांश पारित गरेको छ । बैंकको २०७९ आषाढ सम्ममा खुद नाफा ३ अर्ब २९ करोड, निक्षेप रु. १८६.४० अर्ब र कर्जा रु. १८२.०९ अर्ब रहेको छ ।

बैंकले हाल देशभरी २०१ शखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरहरू मार्फत बैंकिङसेवा प्रदान गर्दै आइरहेको छ ।  


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved