सिटिजन्स बैंक र फ्लेक्स फिटनेस सेन्टरबीच समझदारी

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 07:14:36 PM मा प्रकाशित

laxmi  sunrise bank

सिटिजन्स बैंकका कार्डबाहक ग्राहकले नख्खु, ललितपुर स्थित फ्लेक्स फिटनेस सेन्टरमा विशेष छुट पाउने भएका छन्। बैंक र फिटनेट सेन्टरबीच बैंकका कार्डबाहकहरूलाई विभिन्न सेवाहरुमा २० प्रतिशतसम्म सम्मको छुट दिने सम्बन्धमा सम्झौता भएको हो।

यस सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हनुका साथै नगद कारोबारबाट डिजिटल तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८१ वटा शाखा, ३ वटा विस्तारित काउण्टर,  १३३ वटा ए.टि.एम. र ९७ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट  करिव १५ लाख २१ हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved