कुमारी बैंकको जनबाहल भेडासिंहमा नयाँ शाखा विस्तार

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Jan 09, 2023 | 07:55:32 PM मा प्रकाशित

laxmi  sunrise bank

कुमारी बैंक लिमिटेडले बागमती जिल्लास्थित वडा नं.२५ मा रहेको  जनबाहल, भेडासिंहमा  नयाँ शाखा विस्तार गरेको छ। बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा पौष २५ गतेबाट उक्त शाखा सञ्चालनमा ल्याएकोे हो।

उक्त समारोहको समुद्घाटन काठमाण्डौं महानगरपालिका वडा नं. २५ का अध्यक्ष राजेश डंगोले गरेका हुन्। बैंकले उक्त क्षेत्रका व्यवसायी, उद्यमी तथा स्थानीयलाई सहज रुपमा बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यले उक्त शाखा विस्तार गरेको हो । बैंकले आगामी दिनहरुमा थप शाखाहरु विस्तार गरेर आधुनिक बैंकिङ्ग सेवा पु¥याउने योजना बनाएको छ। 

विगत २१ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका २९९ शाखा सञ्जाल, ३४५ एटिएम, ४७ एक्सटेन्सन काउन्टर तथा ६२ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ।


Share Your Thoughts

Recent News


Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved