मौद्रिक नीति समीक्षाको लागि सुझाव दिने आज अन्तिम दिन

बिजपाटी संवाददाता

बिजपाटी संवाददाता

Feb 03, 2023 | 09:26:57 AM मा प्रकाशित

laxmi  sunrise bank

नेपाल राष्ट्र बैंकलाई मौद्रिक नीतिको अर्धवार्षिक समीक्षाको लागि सुझाव दिने आज अन्तिम दिन रहेको छ। राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले माघ ६ गते सूचना जारी गर्दै सरोकारवालाहरुलाई आज माघ २० गतेसम्म सुझाव बुझाउन आग्रह गरेको थियो।

विगत देखि नै मौद्रिक नीति तय गर्दा विशेष गरी बैंकर, शेयर लगानीकर्ता तथा उद्योगी व्यावसायीहरुले सुझाव दिदैँ आएका छन्। यो पटक पनि समीक्षाको लागि कतिपय शेयर लगानीकर्ता संघ तथा उद्योगी व्यावसायीहरुले सुझाव दिईसकेका छन् भने बाँकिले आज अन्तिम दिनमा सुझाव दिने तयारी गरेका छन्। बिहीबारमात्रै शेयर लगानीकर्ताका सामुहिक संगठन नेपाल इन्भेष्टर्स फोरम, शेयर लगानीकर्ता संघ नेपाल र नेपाल पुँजीबजार लगानीकर्ता संघले संयुक्त रुपमा ४ बुदे सुझाव पेश गरेका थिए।

नीजि क्षेत्रको तर्फबाट नेपाल चेम्बर अफ कमर्सले ९ बुँदे र मोरङ ब्यापार संघले १७ बुदे सुझाव पेस गरेका छन्। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ लगायतले आज सुझाव पेस गर्ने तयारीमा छन्।  

Share Your Thoughts

Recent News

Main News

Close in 7


Bizpati.com © 2020. All Rights Reserved